संगालोखबर


झापा । झापाको शिवसताक्षीमा अवैध रुपले निकासी गर्न लागिएको सखुवा काठ बरामद भएको छ । माईधारस्थित प्रहरी चौकीको टोली र गैंडे सामुदायिक वन उपभोक्ता समूहको टोलीले पिकपअ गाडीमा राखेर लैजान लागिएको काठ नियन्त्रणमा लिएका हुन् ।

आज बिहान गस्ती गर्ने क्रममा शिवसताक्षी नगरपालिका–१० मा पर्ने कन्काई नदी बगरमा मे १ च ६२३६ नम्बरको पिकअप भ्यानमा सखुवा जातको ५२ क्युफिट चिरान काठ बरामद भएको हो ।

Advertisement

अन्दाजी १ लाख ५६ हजार मूल्य बराबरको काठ नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गस्ती टोलीलाई देखेर काठ ओसार्नेहरु भागेका थिए । यसअघि पनि सोही स्थान आसपासबाट प्रहरीले काठ बरामद गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!