संगालोखबर

झापा । झापामा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । दमक नगरपालिका–८ स्थित रतुवा खोलामा घुङ्गी टिप्न भनी गएका शिवसताक्षी नगरपालिका–३ का ३६ वर्षीय राजु मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घरबाट गएका उनी ढिलोसम्म नफर्किएपछि खोजी गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको पहलमा खोजी गर्दा दिपिनी खोला र रतुवा खोलाको दोभानमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शव पोष्टमार्टमको लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । यो वर्ष मनसुन सुरु भएयता झापामा आधा दर्जनभन्दा बढी व्यक्तिको नदी, खोलामा डुबेर मृत्यु भइसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!