संगालोखबर

झापा । झापाको अर्जुनधारामा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय बासिन्दाको घर नजिकै रहेको धान खेतमा पुरुष मृत अवस्थामा भेटिएका हुन् ।

Advertisement

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–१ स्थित होम अधिकारीको घरपछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो ।

हातमा टाटु भएका ती पुरुषको उमेर अन्दाजी ४० वर्षजस्तो देखिएको स्थानीयले बताएका छन् । घटनास्थल पुगेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । मृत भेटिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!