संगालोखबर

झापा । झापाको हल्दीबारी गाउँपालिकाका एक युवकमाथि आफ्नै बुवाको मृत्युमा ‘आत्महत्या दुरुत्साहन’ को आरोप लागेको छ । हल्दीबारी गाउँपालिका-२ पाराखोपीका ३० वर्षीय सुनील राजवंशीमाथि उक्त आरोप लागेको हो । प्रहरीले उनलाई पक्राउ गरेको छ ।

Advertisement

पाराखोपीका ६३ वर्षीय बासु राजवंशी गएराति आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ ।

उनको मृत्यु शङ्कास्पद देखिएपछि छोरा सुनिललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा सुनीलले बुवालाई आत्महत्या गर्न दुरुत्साहन गरेको पाइएको चन्दले बताए । गएराति उनीहरूको घरायसी विषयमा झगडा भएको पाइएको प्रहरीको भनाइ छ ।

‘अहिलेसम्मको अनुसन्धानका आधारमा आत्महत्या गर्न दुरुत्साहन गरेको देखिएको छ’ डीएसपी चन्दले संगालोखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ, पछि विस्तृतमा अरु पक्ष पनि खुल्न सक्छ ।’

झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको र शरीरका अन्य भागमा चोट देखिएको छ । उनका छोरा सुनिललाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!