संगालोखबर

झापा । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ का ५४ वर्षीय बन काइँलो भनेर चिनिने नरबहादुर भुजेल छन् ।

Advertisement

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनलाई हिजो अपराह्न घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

२०६२ फागुन ९ गते बिहान भुजेलले चलाएको मे १ त ७३७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक टेकेन्द्र लिम्बु ताम्लिङको मृत्यु भएको थियो । खसेपछि ट्याक्टरको चक्काले किचिएर उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनालगत्तै फरार रहेका चालक भुजेल घटनाको १९ वर्षपछि पक्राउ परेका हुन् । झापा जिल्ला अदालतबाट म्याद थप गरी उनका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!