संगालोखबर
कोशी प्रदेश प्रहरी कार्यालय

विराटनगर । उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ ओदाले भन्ने ठाउँका २६ वर्षीय राजीवकुमार मगरको करेन्ट लागेर हिजो साँझ मृत्यु भएको हो ।

स्थानीय घिजहरी खोलाबाट आफ्नो खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

यसैगरी, झापाको मेचीनगर नगरपालिका–१२ धिमाल टोल माझगाउँ बस्ने पाँचथर फिदिम नगरपालिका–२ घर भएका ३० वर्षीय सन्दीप तुम्बाहम्फेको करेन्ट लागेर मृत्यु भएको छ ।

घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!