संगालोखबर
फाइल तस्वीर

झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । गएराति आएका चारवटा हात्तीले स्थानीय बासिन्दाका चारवटा घरमा क्षति पुर्याएका हुन् ।

हात्तीले घरमा क्षति पुर्याउँदा तीन लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै अन्नपातसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

Advertisement

बिर्तामोड–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गरामनीमा हात्तीले स्थानीयको घरमा क्षति पुर्याएको विषयमा जानकारी गराइएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!