संगालोखबर

झापा । झापामा डेंगु संक्रमितको संख्या १२३ पुगेको छ । काठमाडौंपछि झापामा सबैभन्दा बढी संक्रमित पाइएका हुन् । गत पुस महिनायता देशभरि १ हजार ४८३ जनामा संक्रमण पाइएकामा सबैभन्दा बढी काठमाडैंमा १६५ संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

Advertisement

पछिल्लो समय संक्रमणको वृद्धिदर पनि तीव्र रहेको महाशाखाले जनाएको छ । असार अन्तिमसम्म आइपुग्दा मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका ७३ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् ।

गत वर्ष ७७ जिल्लामै संक्रमित भेटिएका थिए । महाशाखाको तथ्यांकअनुसार २०८० पुस मसान्तसम्म ५२ हजार जनाभन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

गत वर्ष सुनसरीसहित देशका विभिन्न १० जिल्लामा प्रकोपकै रूपमा फैलिएको थियो । कुल संक्रमितको ८० प्रतिशतभन्दा बढी संक्रमित झापा, सुनसरी, तनहुँ, कास्की, काठमाडौँ, मोरङ, संखुुवासभा, कैलाली, भक्तपुर र धादिङमा देखिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!