काँकडभिट्टाबाट बाग्लुङ गइरहेको बस दुर्घटना
झापा । काँकडभिट्टाबाट यात्री लिएर बाग्लुङतर्फ गइरहेको बस चितवनमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्र१–०१–००१ ख ४३८० नम्बरको बस चितवनको खैरहनीमा दुर्घटना भएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडकको कल्भर्टमा ठोक्किएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । ५ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अन्य ५ जनाको बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेको जिल्ला प...






























