संगालोखबर

झापा । झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयमा मुद्दती खातामा जम्मा गरिएको एक करोड रुपैयाँभन्दा बढी रकम ‘गायब’ भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् ।

Advertisement

मुद्दती खाताको अवधि पूरा भएपछि रकम निकाल्न बैंक जाँदा खातामा रकम नै नरहेको पाइएपछि बचतकर्ता चकित भएका थिए । उक्त बैङ्कको शाखामा बिर्तामोड नगरपालिका–७ की मञ्जु नेपालको नाममा खातामा २०२४ जनवरी १६ मा ६ महिनाका लागि एक करोड १० लाख ४३ हजार रुपैयाँ जम्मा गरिएको थियो ।

मुद्दती खाताको अवधि सकिएपछि रकम निकाल्न जाँदा खातामा जम्मा २ लाख रुपैयाँ मात्र भएको बैङ्कका कर्मचारीले जानकारी दिएको मञ्जुका श्रीमान टीकाराम नेपालको भनाइ छ ।

बैंकमा रकम जम्मा गरेको सबै कागजातसहितका प्रमाण आफूसँग रहेको नेपालले बताए । बैङ्कका कर्मचारी प्रमोद सिटौलाले आफूलाई पैसा जम्मा गरेको भौचर पठाउने गरेको बैङ्कबाट नेतीले बताए ।

घटना बाहिरिएसँगै कर्मचारी सिटौला हिजोदेखि सम्पर्कविहीन बनेका छन् । पीडितले कर्मचारी सिटौला र बैंकविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका छन् ।

बैङ्कका शाखा प्रमुख गणेशबहादुर बरालले घटनाबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकिएको बताएका छन् । केन्द्रबाट आज टोली आएर यसबारे छानबिन हुने उनको भनाइ छ । प्रहरीले सम्पर्कविहीन बनेका सिटौलाको खोजीसँगै अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!