संगालोखबर


झापा । आफ्ना दिवङ्गत बुबाको शोकमा रहेका झापाको शिवसताक्षीका एक व्यक्तिको काजकिरिया कर्ममा बसेका बेला मृत्यु भएको छ । उनको मृत्युपछि परिवारमा दोहोरो शोक थपिएको छ ।

शिवसताक्षी नगरपालिका–११ का ४५ वर्षीय गणेश घिमिरेको यस्तो अवस्थामा मृत्यु भएको हो । बुबाको १३ दिने कर्मका लागि बसेका उनको आठौँ दिनमा सोमबार बेलुका मृत्यु भएको हो ।

Advertisement

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उनका बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि उनी र परिवारका अरू सदस्य काजकिरिया कर्मका लागि बसेका थिए ।

काजकिरिया बसिरहेकै बेला अचानक असाध्यै पेट दुख्न थालेपछि घिमिरेलाई उपचारका लागि विराटनगर लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!