संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापामा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।  इलाम घर भई हाल झापाको दमक नगरपालिका–३ धिमाल टोल बस्ने १९ वर्षीय मौसम राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो स्थानीय खोल्सीमा घरबाट बिजुलीको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा उनी आफैंलाई करेन्ट लागेको थियो । गम्भीर घाइते भएका राईलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो ।

Advertisement

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!