संगालोखबर
सांकेतिक तस्वीर

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एकजना थुनुवाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । लागूपदार्थ सम्बन्धी मुद्दामा थुनामा रहेका मेचीनगर नगरपालिका–७ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन दिनअघि लागूऔषधसहित पक्राउ परेका खड्काको धुलाबारीस्थित आम्दा–मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

Advertisement

पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारणबारे विस्तृत जानकारी हुन सक्ने प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!