संगालोखबर

धनकुटा । झापाको बिर्तामोडमा रहेको सनलाइफ इन्स्युरेन्स वर्षको उत्कृष्ट शाखाका रुपमा घोषित भएको छ । उत्कृष्ट घोषित उक्त शाखालाई नगदसहित सम्मान गरिएको थियो । 

Advertisement

शाखा प्रबन्धक इन्द्रकुमार श्रेष्ठलाई १ लाख रुपैयाँ ट्रफी, मेडल र सम्मान पत्र प्रदान गरिएको थियो । दोस्रो हुने इटहरी शाखाका प्रबन्धक मधुकुमार राईलाई सम्मान गरिएको थियो । सनलाइफ इन्स्युरेन्सको नेपालभर १७४ शाखा र उपशाखा छन् ।

चितवनको सौराहामा सम्पन्न भएको विएमसी कार्यक्रमको अवसरमा शाखाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको हो ।

सनलाइफले हरेक वर्ष देशभरका शाखामध्ये कारोबारका आधारमा उत्कृष्ट शाखालाई पुरस्कृत गर्दै आएको सनलाइफ कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेलले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!