संगालोखबर

झापा । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका सुरक्षा गार्ड पक्राउ परेका छन् । प्रहरीका अनुसार ७० वर्षीय सुरक्षा गार्ड तेजबहादुर पाण्डे उक्त अभियोगमा पक्राउ परेका हुन् ।

Advertisement

बिर्तामोड नगरपालिका–४ निवासी पाण्डे पूर्वप्रहरी हुन् । पछिल्लो समय उनी उक्त विद्यालयमा सुरक्षा गार्डको काम गर्दै आएका थिए । कराते खेल सिक्न विद्यालय पुगेकी ९ वर्षीया बालिकालाई उनले यौन दुर्व्यवहार गरेको जनाइएको छ ।

बालिकामाथि यौनजन्य हिंसा भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि पाण्डेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बालिकालाई कराते सिकाउने प्रशिक्षक मीना पाठक उप्रेतीले बालिकाले आफूमाथि यौन हिंसा भएको कुरा अभिभावकलाई बताएको र त्यही आधारमा प्रहरीमा जाहेरी दिइएको जनाइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!