संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको बाह्रदशी गाउँपालिकास्थित पैनीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–२ राजगढका ६५ वर्षीय मोहन राजवंशीको पैनीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले उनलाई डुबेको अवस्थामा देखेपछि उद्धार गरी बाहिर निकालिेका थिए । त्यसपछि उनको मृत्यु भइसकेको पाइएको थियो । उनले प्रयोग गरेको साइकल पनि सोही स्थानमा भेटिएको थियो ।

Advertisement

घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिंदै प्रहरीले शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको उल्लेख गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!