संगालोखबर

झापा । मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको तरकारी आयात भएको छ । एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेडा आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Advertisement

उक्त कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार सोही अवधिमा ५७ करोड ५३ लाख ८० हजार मूल्य बराबरको २८ हजार ८६९ मेट्रिक टन करेला, ३० करोड सात लाख ८० हजार मूल्य बराबरको १५ हजार ३९ मेट्रिक टन भिन्डी, २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार ७८७ मेट्रिक टन हरियो खोर्सानी आयात भएको छ ।

त्यसैगरी, २९ करोड ३२ लाख ४० हजार मूल्य बराबरको १४ हजार ६६२ मेट्रिक टन इस्कुस, २१ करोड १४ लाख ८० हजार मूल्य बराबरको १० हजार ५७४ मेट्रिक टन फर्सी र १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको सात हजार ८३६ मेट्रिक टन बोडी भारतबाट आयात भएको उक्त कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!