रतुवा खोलाले बगाउँदा झापाको दमकमा एकजनाको मृत्यु
झापा । खोलाले बगाउँदा झापाको दमकका एकजनाको मृत्यु भएको छ । रतुवा खोलाको बाढीले बगाउँदा दमक नगरपालिका–१ सरस्वती टोलका ५३ वर्षीय मोहन विकको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
परिवारबाट सम्पर्कविहीन बनेका उनको खोजी भइरहेको थियो । स्थानीय बासिन्दाले खोलामा शव बगेर आएको देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी टोली पुगेर अनुसन्धान गर्ने क्रममा मृतकको पहिचान खुलेको हो ।
मृतकको परिवारलाई घटनाबार...




























