संगालोखबर
फाइल तस्बिर

विराटनगर । मोरङ र झापामा डुबेर दुईजनाको मृत्यु भएको छ । झापामा एकजना बालक तथा मोरङमा एक वृद्धको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–७ का ७० वर्षीय साजुलाल चौधरीको नुहाउने क्रममा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको हो । 

Advertisement

यसैगरी, झापाको झापा गाउँपालिकामा डुबेर एक बालकको मृत्यु भएको छ । झापा गाउँपालिका–१ सालमारा निवासी मोहम्मद दिलसाद मियाँका १० वर्षीय छोरा चिकु मियाको डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरबाट खेल्न निस्किएका बालकको शव खाल्डोमा जमेको पानीमा भेटिएको थियो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!