संगालोखबर

विराटनगर । धनकुटा, झापा र सुनसरीबाट लागूऔषध खैरो हेरोइनसहित प्रहरीले जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, नगद, मोबाइल, एटीएम कार्ड जस्ता वस्तु प्रहरीले बरामद गरेको छ ।

Advertisement

झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध लागूऔषध खैरो हेरोइनसहित ४१ वर्षीय धनबहादुर लिम्बू पक्राउ परेका छन् । उनको साथबाट २ ग्राम १९० मिलिग्राम खैरो हेरोइन, मोबाइल २ थान, १० हजार रुपैयाँ र २ एटीएम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले पाख्रीबास नगरपालिका–३ का २७ वर्षीय सरोज तामाङ र २३ वर्षीय पवन बस्नेतलाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका–१ बाट पक्राउ परेका उनीहरूको साथबाट ९३५ मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, सुनसरीको इनरूवा नगरपालिका–४ वीरेन्द्र टोलबाट खैरो हेरोइनसहित धनकुटाका युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार धनकुटा नगरपालिका–६ का ३० वर्षीय प्रितम राई पक्राउ परेका हुन् ।

उनको साथबाट ७ ग्राम ४० मिलिग्राम खैरो हेरोइन, मोबाइल ४ थान, १ लाख ५ सय रुपैयाँ बरामद भएको छ । इनरूवा नगरपालिका–४  बस्ने अशोककुमार यादवको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारे उनलाई पक्राउ गरेको हो ।

यसैगरी, इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको टोलीले कमल गाउँपालिका–१ का २९ वर्षीय मौसम लिम्बू र ३६ वर्षीया शर्मिला राईलाई ५ ग्राम ५३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!