संगालोखबर

झापा । झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढी निवासी पूर्व फुटबलर गम्भीर राईको निधन भएको छ । उनको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा गएराति निधन भएको हो ।

Advertisement

मधुमेह रोगबाट पीडित राई लामो समयदेखि औषधि सेवन गरिरहेका थिए । २०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए ।

उनी अन्डर–१६, अन्डर–१९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए । न्यू रोड टिम (एनआरटी), जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दी जस्ता चर्चित क्लबमा आबद्ध रही उनले अन्तर्राष्ट्रिय खेलमा तीन गोल गरेका थिए ।

झापा जिल्ला फुटबल संघमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनले २०५६ सालबाट फुटबल खेलबाट सन्यास लिएका थिए । त्यसपछि उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!