संगालोखबर

झापा । झापाको हल्दीबारीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गएराति दुईजनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–५ मा पर्ने हुलाकी मार्गमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार हल्दीबारी–५ का ३१ वर्षीय प्रेम प्रसाईं र सुनसरीको बराहक्षेत्र–६ प्रकाशपुरका २१ वर्षीय बिकेश कार्कीको मृत्यु भएको हो ।

राजगढबाट जलथलतर्फ जाँदै गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो । गाडी चालक भद्रपुर–२ का ३७ वर्षीय दिपेन राईलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!