संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको भद्रपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का २४ वर्षीय जीवन साह छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हिजो अपराह्‍न उनलाई पक्राउ गरेको हो । साहले साहले ती किशोरीलाई अनेक प्रलोभन देखाई भद्रपुर–७ स्थित मौसम होटल एण्ड लजमा लगेर बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ ।

Advertisement

घटनापछि पीडितका आफन्तले जानकारी दिएका थिए । त्यसपछि प्रहरीले ती युवकको खोजी गरिरहेको थियो । पीडितका तर्फबाट उजुरी आएपछि टोली परिचालन गरी निगरानी गर्ने क्रममा साहलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता कृष्णकुमार चन्दले संगालोखबरलाई जानकारी दिए ।

पीडित किशोरीको स्वास्थ्य जाँच लगायत प्रक्रिया अघि बढाइएको बताउँदै उनले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!