संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको झापा गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उनका छोरा घाइते भएका छन् । झापा गाउँपालिका–३ फुलगाछी चोकमा प्रदेश १–०१–०१६–१६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक स्थानीय ५४ वर्षीय निजामुदिन मियाँ र पछाडि बसेका उनका छोरा १९ वर्षीय सुलेमान मियाँ घाइते भएका थिए । दुवैलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अस्पताल पुर्याएलगतै चिकित्सकले निजामुदिनको मृत्यु भइसकेको जानकारी दिएका थिए । घाइते सुलेमानको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!