संगालोखबर

झापा । माई नदीमा आएको बाढीका कारण झापाको झापा गाउँपालिका–२ सुखाबथानको सन्थाल बस्ती जोखिममा परेको छ । माई नदीको कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण भइसकेको छ ।

Advertisement

सुखाबथानबाट टप्पुसम्मको करिब एक हजार आठ सय मिटर तटबन्ध निर्माण गर्न सकिए सन्थाल बस्तीलाई सुरक्षित राख्न सकिने झापा गाउँपालिका–२ का वडाध्यक्ष हिमालकुमार चम्लागाईँको भनाइ छ ।

तटबन्ध निर्माण गर्न गाउँपालिका, जनताको तटबन्ध कार्यक्रम, गृह मन्त्रालय दैवी प्रकोप व्यवस्थापनलगायत निकायमा पहल गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

गत साता माई नदीको बढीले तीन घर विस्थापित भएका थिए । बस्ती पुरै डुबानमा परेको थियो । सन्थाल बस्तीभन्दा तल र माथि तटबन्ध भए पनि बीचमा तटबन्ध नहुँदा बाढीबाट बस्ती प्रभावित हुने उच्च जोखिम रहेको वडाध्यक्ष चम्लागाईँले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!