संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको गौरादहमा हिजो साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ सितापुरी चोकमा भएको दुर्घटनामा २४ वर्षीय सन्जोक भण्डारीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बा ७० प १८४ नम्बरको मोटरसाइकल र मे ६ प ५८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । एउटा मोटरसाइकलका चालक भण्डारी र अर्कोका २८ वर्षीय दुर्गा ताजपुरिया घाइते भएका थिए ।

Advertisement

दुवैलाई उपचारका लागि निम्स अस्पताल दमकमा लगिएको थियो । उपचारका क्रममा त्यहीँ भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

अर्का घाइते ताजपुरियालाई थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ । तीव्रगतिका कारण उक्त दुर्घटना भएको उल्लेख गर्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!