संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको सीतापुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति करिब १ बजे गौरादह–१ सीतापुरीस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा दुर्घटना भएको हो । चालकले मापसे (मादक पदार्थ सेवन) गरी मोटरसाइकल चलाएकाले अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प १२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि बस्ने भारतीय नागरिक ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको हो । टाउकोमा गहिरो चोट लागेका उनको दमकस्थित निम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

Advertisement

मोटरसाइकल अनियन्त्रित भएर सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठोक्किएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक गौरादह–१ का ३३ वर्षीय गोपाल ठाकुरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । चालकले मादक पदार्थ सेवन गरेको पाइएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!