बालिका बलात्कारका अभियुक्तलाई १२ वर्ष कैदको फैसला
इलाम । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका एक युवकलाई दोषी ठहराउँदै अदालतले १२ वर्षको कैद फैसला सुनाएको छ । इलाम जिल्ला अदालतले सूर्याेदय नगरपालिका–४ का २७ वर्षीय मिलन घिमिरेलाई कैद सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उनलाई पाँच लाख रुपैयाँ जरिवाना गराउन समेत आदेश दिएको छ । गत भदौ १२ मा इलाम सदरमुकामस्थित एक होटलमा उनले बालिकालाई बलात्कार गरेको पुष्टि भएको...





























