साथीलाई जोगाउन खोज्दा इलाममा पोखरीमा डुबेर किशोरीको मृत्यु
इलाम । साथीलाई पोखरीमा डुब्नबाट बचाउन खोज्दा दक्षिणी इलामको चुलाचुलीकी एकजना किशोरीको डुबेर मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ वर्षीया बिनिता जोगीको मृत्यु भएको हो ।
साथीहरुसँग पोखरीको डिलमा बसेर खेलिरहेका बेला बिहिवार अपराह्न उनी डुबेकी थिइन् । प्रहरीका अनुसार बिनिता, उनकी साथी १८ वर्षीया रोजिना साम्बा लिम्बु र उनकी बहिनी १७ वर्षीया रोशा साम्बा लिम्बु पोखर...





























