संगालोखबर

इलाम । खोलामा पौडी खेल्न गएका इलामका दुईजना बालकको डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा इलामको माई नगरपालिका–८ स्थित माईखोलामा डुबेर बिहीवार उनीहरुको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार स्थानीय विक्रम लिम्बूका ११ वर्षीय छोरा मिङसुहाङ लिम्बू र राजेन्द्र आङदेम्बेका ९ वर्षीय छोरा किस्मन आङदेम्वेको मृत्यु भएको हो ।

डुबेको अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूसँगै पौडी खेल्न गएका दुईजनाको उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!