संगालोखबर


इलाम । इलाम नगरपालिका र सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई अध्यक्षकप आमन्त्रण अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इलामले माङसेबुङ गाउँपालिकालाई ४–१ गोल अन्तर र सूर्योदय नगरपालिकाले माई नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको हो ।

तेश्रो क्वाटरफाइनल खेलको दोश्रो हाफ सम्हालिन नसक्दा माङसेबुङले अन्तिम ४ मा स्थान सुरक्षित गर्न सकेन । पहिलो हाफ १–१ गोल अन्तर बनेको खेलको दोश्रो हाफमा इलामले ३ गोल गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । खेलको म्यान अफ दि म्याच इलामका प्रिन्स शेर्पा घोषित भए ।

Advertisement

अन्तिम क्वाटरफाइनल खेलमा अग्रता जोगाउन नसक्दा माई नगरपालिका पराजित बनेको छ । पहिलो हाफमा १–० गोल अन्तर बनाएको माईले दोश्रो हाफमा ३ गोल बेहोर्यो । खेलको म्यान अफ दि म्याच सूर्योदयका पाल्देन तामाङ घोषित भए । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शनिबार इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका भिड्नेछन् ।

इलामले सन्दकपुर गाउँपालिका र माङसेबुङ गाउँपालिकालाई हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो । माईजोगमाईले रोङ गाउँपालिकालाई हराएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!