संगालोखबर


इलाम । निरन्तर यातना दिइ कुकुरलाई मारेको आरोपमा प्रहरीले तीनजनालार्य पक्राउ गरेको छ । देउमाई नगरपालिकाको जितपुरका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलामको टोलीले पक्राउ गरेको हो ।

पशु कल्याण संघ काठमाडौंले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको नाम अहिले सार्वजनिक गरिएको छैन ।

Advertisement

कुकुरको बच्चालाई लाठीले हिर्काएर पटक पटक यातना दिइ मारेको आरोप उनीहरुमाथि लगाइएको छ । त्यसो गरिएको भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो । यातना दिएर मारिएको भिडियो ‘सुगम मोराहाङ लिम्बू’ नामको फेसबुक एकाउन्टबाट पोष्ट गरिएको थियो । विवाद र विरोध भएपछि उक्त भिडियो अहिले हटाइएको छ ।

पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले पशुमाथि हदैसम्मको अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनुपर्ने भन्दै काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएकी थिइन् ।

नेपालको प्रचलित कानुनले कुनै पनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्तो गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!