संगालोखबर


विराटनगर । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा भइरहेको वन फँडानीको विरोधमा आह्वान गरिएको बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

मेची राजमार्गमा बिहानैदेखि सवारी साधन चल्न नसक्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन् । बन्दका कारण इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको छ । पाथीभरा क्षेत्रमा केबुलकार बनाउने तयारीस्वरुप जंगल फँडानी गरिएको विषयलाई लिएर विभिन्न संस्थाले आजदेखि दुई दिनका लागि बन्द आह्वान गरेका हुन् ।

Advertisement

मेची राजमार्ग तथा आसपासका भित्री सडकहरुमा पनि सवारीका साधन चल्न नसकेको इलामका युवराज भट्टराईले संगालोखबरलाई जानकारी दिए । ‘गाडी नचल्दा यात्रुहरु गन्तव्य जानबाट वञ्चित भएका छन्’ उनले भने ।

केही स्थानमा फाट्टफुट्ट चलेका साधनहरुलाई पनि बन्द आह्वानकर्ताले रोकिदिने गरेकाले समस्या भइरहेको स्थानीय बासिन्दाको भनाइ छ । पाथीभरा क्षेत्र याक्थुङ लिम्बूसहित आम मानिसको आस्थाको केन्द्र भएकाले त्यस क्षेत्रको रुख फँडानी नगर्न आग्रह गरिँदै आएको छ । पाथीभरा क्षेत्रमा केबलकार बनाउने कुराको कतिपयले समर्थन गर्दैआएका छन् भने कतिपयले विरोध गरिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!