संगालोखबर

इलाम । इलामको रोङ गाउँपालिका र झापा बाहुनडाँगीको सीमा क्षेत्रमा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । हात्ती मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

स्थानीय गणेश अर्यालका अनुसार इलामको रोङ गाउँपालिका वडा नम्बर ५ र ६ को सीमासँग जोडिएको झापाको बाहुनडाँगीतिर हात्ती मृत अवस्थामा फेला परेको हो । के कारणले हात्ती मरेको हो भन्ने खुलेको छैन ।

हात्तीको शरीरमा चोटपटक नदेखिएको स्थानीयको भनाइ छ । वन कार्यालयका कर्मचारी र प्राविधिकहरु सहित घटनास्थल पुगेर त्यसबारे बुझ्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!