संगालोखबर
सांकेतिक तस्वीर

इलाम । साथीलाई पोखरीमा डुब्नबाट बचाउन खोज्दा दक्षिणी इलामको चुलाचुलीकी एकजना किशोरीको डुबेर मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ वर्षीया बिनिता जोगीको मृत्यु भएको हो ।

साथीहरुसँग पोखरीको डिलमा बसेर खेलिरहेका बेला बिहिवार अपराह्न उनी डुबेकी थिइन् । प्रहरीका अनुसार बिनिता, उनकी साथी १८ वर्षीया रोजिना साम्बा लिम्बु र उनकी बहिनी १७ वर्षीया रोशा साम्बा लिम्बु पोखरीको डिलमा बसेर खेलिहरेका थिए ।

Advertisement

त्यही क्रममा अचानक रोजिना डिलबाट चिप्लिएर पोखरीमा खस्न लाग्दा उनलाई हातमा समातेर बचाउने क्रममा बिनिता हुत्तिएर पोखरीमा खसेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएर पुगेको पेल्टीमारीस्थित प्रहरी चौकीको टोलीले उनलाई पोखरीबाट बाहिर निकालेको थियो । बाहिर निकाल्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!