संगालोखबर

इलाम । भारतको मेघालय राज्यस्थित कोइलाखानीमा हत्या गरिएका चार कामदारमध्ये एक नेपाली भएको पुष्टि भएको छ । मारिनेमा इलामका रवि राई रहेको पुष्टि भएको हो ।

Advertisement

भारतका लागि नेपाली राजदूत शंकर शर्माका अनुसार हत्या भएका नेपाली इलाम–२ का २३ वर्षीय रवि राई हुन् । राजदूत शर्माले घटनाबारे सुन्नेबित्तिकै मेघालय प्रहरीका प्रमुख एलआर विश्नोईलाई आफूले टेलिफोन गर्दै घटनाको विस्तृत जानकारी मागेको बताएका छन् ।

यसैबीच, इलामकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले मृतक राई इलामको भन्ने पुष्टि भए पनि स्थानीय ठेगाना र पारिवारिक विवरणबारे विस्तृत विवरण आइनसकेको बताइन् । उनले विवरण पत्ता लगाउनका लागि सुरक्षा निकायहरूलाई निर्देशन दिइएको पनि बताइन् ।

यसअघि शनिबार मृत अवस्थामा फेला परेका चारैजना नेपाली नागरिक भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका थिए । आइतबार साँझ एकजना मात्रै नेपाली रहेको खुलेको हो ।

मेघालयको जयन्तिया हिल्सस्थित उम्प्लेङ गाउँमा हत्या गरिएकामध्ये अर्का एकजना भारतीयको पनि परिचय खुलेको छ । मारिएका भारतीय नागरिक नसर डाकिया हुन् । बाँकी दुई जनाको सनाखत हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ । घटनास्थल मेघालयको राजधानी सिलोङबाट १३० किलोमिटर दूरीमा रहेको पहाडी क्षेत्रमा पर्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!