इलाममा फराकिलो मतान्तरसहित अग्रता बढाउँदै एमालेका सुहाङ
इलाम । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अघि देखिएका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार १८ हजार ९४८ मत गन्दा नेम्वाङले २ हजार २८२ को मतान्तर बनाएका छन् । उनले ७ हजार ६७७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ५ हजार ३९५ मत ल्य...











