इलामबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

इलामबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

विराटनगर । इलामबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ का ३० वर्षीय पदम कुमार तामाङ इलाम नगरपालिका-७ बाट पक्राउ परेका हुन् । नेपाली सेनाको सह-सेनानी दर्ज्यानी भएको नक्कली पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा राखेर बिवाह गर्ने प्रलोभन तथा डर त्रासमा पारेर २५ वर्षीया युवतीलाई करणी गरेको आरोप उनीमाथि छ । इलाम प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार ...
झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु

झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर । झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार झापाको कनकाई नगरपालिका-१ का ६६ वर्षीय तारा बहादुर विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै इलामको माई नगरपालिका-८ का ४६ वर्षीय मदन कुमार राईको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग...
इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १०ः५० बजे मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-७ जिरोमा को १ त ७३४१ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक इलामकै अन्दाजी ४५ वर्षीय सुवास तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । धोवीधाराबाट जिरोतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनलाई उपचारका ...
वैदेशिक रोजगारीमा हिँडेका इलामका चापागाईँ दिल्लीबाट एक सातादेखि बेपत्ता

वैदेशिक रोजगारीमा हिँडेका इलामका चापागाईँ दिल्लीबाट एक सातादेखि बेपत्ता

विराटनगर । वैदेशिक रोजगारीको सिलसिलामा घरबाट निस्किएका इलामका एक युवक भारतको दिल्लीबाट एक सातादेखि बेपत्ता भएका छन् । इलामको माईजोगमाई गाउँपालिका-२ निवासी ३७ वर्षीय छत्रकुमार चापागाईँ चैत १४ गते दुबई जानका लागि घरबाट निस्किएका थिए । उनी दमकस्थित मोन्टेज ओभरसिज मार्फत रोजगारीका लागि विदेश जान लागेका थिए । उनकी बहिनी निर्जला क्षेत्रीका अनुसार, चापागाईँले चैत १७ गते साँझ दिल्लीको होटल ‘वेलकम इन’ ...
इलाममा गाडिएको अवस्थामा किशोरीको शव फेला, हत्या आरोपमा श्रीमान पक्राउ

इलाममा गाडिएको अवस्थामा किशोरीको शव फेला, हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर । इलाममा १५ दिनदेखि हराइरहेकी किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ ।  फाकफोकथुम गाउँपालिका-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव सोही गाउँपालिकाको गोलाइ भन्ने स्थानमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार कट्टेलको शव आज बिहान उत्खनन् गरिएको छ । उत्खनन् पश्चात शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
इलाममा बालिका बलात्कार प्रकरण : पीडकसहित चार जना पक्राउ

इलाममा बालिका बलात्कार प्रकरण : पीडकसहित चार जना पक्राउ

विराटनगर । इलाममा १३ वर्षीया बालिका बलात्कार प्रकरणमा चार जना पक्राउ परेका छन् । पीडितलाई अदालत जान रोक्ने उद्देश्यले तीन लाख रुपैयाँ दिएर घटना गुपचुप बनाउन खोज्ने पीडकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बलात्कारमा संलग्न इलाम माई नगरपालिका-२ का २४ वर्षीय केशव गिरी र घटना मिलाउन खोज्ने उनका बुबा ५८ वर्षीय केदारनाथ गिरी, ४३ वर्षीय काका नारायण गिरी र छिमेकी ३८ वर्षीय तुलाधर...
इलाममा पिकअप दुर्घटना हुँदा २९ जना घाइते

इलाममा पिकअप दुर्घटना हुँदा २९ जना घाइते

विराटनगर । इलामको माई नगरपालिका–१ मा पिकअप दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । बिहीबार दिउँसो महमाईबाट दानाबारीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४१९२ नम्बरको पिकअप दुर्घटनामा परेको हो । ‘ब्रेक फेल’ भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइतेहररूको इलाम अस्पताल र झापाको बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा पिकअप चालक इलामको माइ नगरपालिका–४ का अन्दाजी २७ वर्षी...
इलाममा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोराको मृत्यु

इलाममा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोराको मृत्यु

विराटनगर । इलाममा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोराको मृत्यु भएको छ । शुक्रबार साँझ रोङ गाउँपालिका-३ हाँसपोखरीमा भएको दुर्घटनामा बाबु-छोराको मृत्यु भएको हो । मेची राजमार्गमा इलामबाट झापा तर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक सुर्याेदय नगरपालिका-६ खादी गाउँका ४०...
इलाम र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ

इलाम र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । इलाम र मोरङबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा विराटनगर-१७ बाट एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १-०२-०५४ प २१३६ नम्बरको मोटरसाइकलका चालक मोरङको बेलबारी नगरपालिका-४ का ३२ वर...
इलाममा बाबुको हत्या आरोपमा छोरा-बुहारीसहित ६ जना पक्राउ

इलाममा बाबुको हत्या आरोपमा छोरा-बुहारीसहित ६ जना पक्राउ

विराटनगर । इलाममा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरा-बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । छोरा-बुहारीमाथि चार जना मान्छे खटाएर बाबुको हत्या गरेको आरोप छ । माघ २८ गते सुर्याेदय नगरपालिका-११ का ५१ वर्षीय धनराज राई आफ्नै घरको बीच कोठामा मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मृतकको टाउकोको पछाडि र निधारको अगाडिको भागमा गम्भीर चोट लागेको थि...
इलाममा कुटपिटबाट घाइते भएका युवाको मृत्यु

इलाममा कुटपिटबाट घाइते भएका युवाको मृत्यु

विराटनगर । इलाममा कुटपिटबाट घाइते भएका एक युवाको मृत्यु भएको छ । इलाम नगरपालिका-९ गोलबस्तीका ३२ वर्षीय मिलन सुनुवारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार माघ २४ गते साँझ सुनुवारलाई साथीहरूले कुटेका थिए । कुटपिटबाट घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । शनिबार थप उपचारका लागि झापा ल्याउने क्रममा कन्याममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानब...
यातायात सुचारु गर्न दिन पहिचान पक्षधरसँग व्यवसायीको आग्रह 

यातायात सुचारु गर्न दिन पहिचान पक्षधरसँग व्यवसायीको आग्रह 

विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर पहिचान पक्षधरले गरेको अनिश्चितकालीन यातायात बन्दको यातायात व्यवसायीले विरोध गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ इलामले आज एक विज्ञप्ति जारी गर्दै तीन दिनदेखि यातायात ठप्प हुँदा व्यवसायीहरू समस्यामा परेका जनाएको छ । बैङ्कबाट २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिएर खरिद गरेको गाडीको किस्ता बन्दका क...
इलामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

इलामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

इलाम । इलाममा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । रोङ गाउँपालिका-४ बाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् । बिहीबार प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १-०१-०१७ प ५०७५ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुर्याेदय नगरपालिका-८ का ३१ वर्षीय मुस्कान तामाङ र सुर्याेदय नगरपालिका-६ का २७ बर्षीय पुजन तामाङ पक्राउ प...
पानी जोहो गर्दैमा बित्छ फाकफोकथुमवासीको समय 

पानी जोहो गर्दैमा बित्छ फाकफोकथुमवासीको समय 

इलाम । इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीमा खानेपानीको हाहाकार छ । हिउँद लागेसँगै खानेपानी जोहो गर्न स्थानीयलाई धौ-धौ हुन्छ । पानी जोहो गर्दैमा उनीहरूको बिहान बित्छ । सल्लेरी गाउँमा ९० घरपरिवारको बसोबास छ । उनीहरू झिसमिसेकै डोकोमा गाग्री र बोतलहरू बोकेर पानी जोहो गर्न तर्फ लाग्छन् । सोही स्थानका पृथ्वी प्रसाद भण्डारीका अनुसार पानीको अभावले गाउँमा समस्या भएको छ । सरकारले ठूला आयोजना ल्याइदेला...
इलामको डेरी उद्योगमा आगलागी

इलामको डेरी उद्योगमा आगलागी

इलाम । इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी भएको छ । सन्दकपुर-३ तालगाउँका ४४ वर्षीय सागर खतिवडाले आफ्नै घरमा सञ्चालन गर्दै आएको डेरी उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ३० लाख बराबरको क्षति भएको छ । दुध तताउने क्रममा अचानक आगलागी हुँदा घरसहित अन्नपात, लत्ताकपडा र डेरी पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नि...
शाकाहारी भोजन मात्रै खाने लिम्बू गाउँ, जहाँ मासु र मदिरा चल्दैन 

शाकाहारी भोजन मात्रै खाने लिम्बू गाउँ, जहाँ मासु र मदिरा चल्दैन 

इलाम । इलामको माङ्सेबुङ गाउँ, जहाँ लिम्बू समुदायको बाहुल्यता छ । किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवताले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ । यही गाउँमा मासु र मदिरा चल्दैन । शाकाहारी भोजन मात्रै चल्ने यो गाउँमा चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने यो गाउँका मानिसहरूले बाहिर जाँदा समेत निषेधित वस्तु सेव...
इलाममा रूखको हाँगाले किच्दा एक जनाको मृत्यु

इलाममा रूखको हाँगाले किच्दा एक जनाको मृत्यु

इलाम । इलाममा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । हिजो बिहान ११ः५० बजेको समयमा रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा देउमाई नगरपालिका-९ जितपुरका ४९ वर्षीय तुलसी जवेगूको मृत्यु भएको हो । रुखको हाँगाले लागेर घाइते भएको उनलाई उपचारका लागि झापा स्थित बी एण्ड सी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए । ‘र...
हात्तीले आक्रमण गर्दा इलाममा एक जनाको मृत्यु

हात्तीले आक्रमण गर्दा इलाममा एक जनाको मृत्यु

विराटनगर । इलाममा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जङ्गली हात्ती खेदाउन जाँदा चुलाचुली गाउँपालिका-२ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हिजो साँझ राईलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते उनको उपचारका क्रममा दमक स्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
इलाममा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, झुण्डिएको अवस्थामा भेटिए पति

इलाममा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, झुण्डिएको अवस्थामा भेटिए पति

इलाम । इलाममा धारिलो हतियार प्रहार गरेर पत्नीको हत्या पछि पतिले पनि झुन्डिएर आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका-१ भित्तेमा ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् ।  ‘पत्निको घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईले संगालोखबरसँग भने, ‘पतिको पनि झुण्डिएको अवस्थामा शव फेला परेको छ ।’ ...
इलाममा भेटियो एकापट्टी मात्र छापिएको पाँच सयको नोट 

इलाममा भेटियो एकापट्टी मात्र छापिएको पाँच सयको नोट 

इलाम । गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको पाँच सयको नोटमा एकापट्टी खाली भेटिएको छ । इलामका सुमन श्रेष्ठले ङ ९३४८७४१८ नम्बरको पाँच सयको नोट केहिदिन अघि फेला पारेका हुन् । २०७३ साल निष्कासित मिति उल्लेख गरिएको उक्त नोटको एकतर्फ भने खाली छ । उनले आफूले एकै दिन विभिन्न बैङ्कको एटिएमबाट पैसा निकालेको र एक घरमा पैसा साट्ने क्रममा आफूले खाली नोट भेट्टाएको बताएका छन् । ‘खाली नोट कहाँबाट आयो भन्न...
इलाम-काठमाडौं उडान पुनः सुरु  

इलाम-काठमाडौं उडान पुनः सुरु  

इलाम । इलाम नगरपालिका-९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान सुरु भएको छ । गत जेठबाट रोकिएको उडान यात्रु पाएसँगै आज बिहानबाट सुरु भएको हो । नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इन्चार्ज दिनेश सुन्दासका अनुसार तत्कालका लागि हप्तामा एक दिन इलाम काठमाडौं उडान हुनेछ । नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान भर्नेछ । आइतबार र बिहीबार उडान हुँदै आएकोमा अब केही समय भने बिहीबार मात्र उडा...
झापा, इलाम र भोजपुरबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

झापा, इलाम र भोजपुरबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । बिहीबार लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाबाट चार जनालाई पक्राउ गरेको छ भने भोजपुर र इलामबाट पनि एक/एक जना पक्राउ परेका छन् । मेचीनगर-६ बाट भारत वेष्टबंगालका २२ वर्षीय मनोज शर्मालाई १ ग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ बेलबारी नगरपालिका-४...
झापा र इलामसहित विभिन्न जिल्लामा ६ जना मृत फेला

झापा र इलामसहित विभिन्न जिल्लामा ६ जना मृत फेला

विराटनगर । कोशी प्रदेशको इलाम र झापासहित देशका विभिन्न जिल्लामा ६ जना मृत फेला परेका छन् । इलामको इलाम नगरपालिका–५ कटुसे पुलमुनि माई खोलाको छेउमा एक पुरुष मृत फेला परेका हुन् । माइजोगमाई गाउँपालिका–५ सोयाङ बस्ने ५७ वर्षीय रामकुमार श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । झापा शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई माईखोलामा सोही ठाउँ बस्ने ६८ वर्षीया देवीमाया सिगु लिम्बू मृत अ...
झापामा बसको ठक्करले इलामकी महिलाको मृत्यु

झापामा बसको ठक्करले इलामकी महिलाको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्र १–०२–००२ ख ००३५ नम्बरको बसले गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी घाइते भएपछि विर्तामोडमा रहेको बिएन्डसी अस्पतालमा उप...
उदाहरणीय बने अपाङ्गता भएका दाजुभाइ

उदाहरणीय बने अपाङ्गता भएका दाजुभाइ

इलाम । इलामका भुवन खतिवडा र तेजकुमारी खतिवडाका दुई सन्तान छन् । उनीहरू दुवैमा अपाङ्गता छ । जेठो सन्तान भुपाल र कान्छो आलोक दुवैजनाको कम्मर चल्दैन । २३ वर्षीय आलोकको कम्मर नचल्दा एक ठाउँबाट अर्को ठाउँसम्म सर्न सक्दैनन् । अरुको सहयोग चाहिन्छ । तर उनको मेहनत उदाहरणीय छ । हालसालै लोकसेवा आयोगले लिएको खरिदार पदको परीक्षामा उनी उत्तीर्ण भए । अहिले जिल्ला हुलाक कार्यालयमा कार्यरत छन् । आलोकका दाजु २६ ...
नक्कली नोटसहित इलाम र झापाका तीनजना काठमाडौँमा पक्राउ

नक्कली नोटसहित इलाम र झापाका तीनजना काठमाडौँमा पक्राउ

विराटनगर ।  प्रहरीले काठमाडौँको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा र इलामका युवक छन् । प्रहरीका अनुसार झापाको झापा गाउँपालिका–५ घर भई काठमाडौँ–९ बस्ने ३० वर्षीय एराजुल हक, इलामको फाकफोकथुम–३ घर भई काठमाडौँ–९ बस्ने  ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सूर्याेदय नगरपालिका–३ घर भई काठमाडौँ–९ बस्ने ४७ वर्षीय बोधचन्द्र नामचुङ छन् । उनीहरूल...
श्रेष्ठ परिवारमा बज्रपातः बुबा मलेसियामा बिते, छोरी दक्षिण कोरियामा

श्रेष्ठ परिवारमा बज्रपातः बुबा मलेसियामा बिते, छोरी दक्षिण कोरियामा

इलाम । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ । अध्ययनको सिलसिलामा ६ महिनाअघि विद्यार्थी भिसामा गएकी श्रेष्ठको दुई दिनअघि निधन भएको हो । उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनका फुपाजु होम श्रेष्ठले सोनुको हृदयघातका कारण निधन भएको जानकारी कोरियाबाट आएको बताए । इलाम–कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालमार्फत खबर आएको उ...
इलामको सूर्योदयमा कोठा खोज्ने बहानामा सुनचाँदीका गहना चोरी

इलामको सूर्योदयमा कोठा खोज्ने बहानामा सुनचाँदीका गहना चोरी

इलाम । कोठा भाडामा खोज्ने बहानामा सुन चाँदीका गहना चोरी गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलामको सूर्याेदय नगरपालिका–१० का हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका व्यक्तिले गहना चोरी गरेका हुन् । प्रहरीका अनुसार दार्जिलिङका ३० वर्षीय देवव्रत रायले घरको कोठा हेर्ने भन्दै भित्र गएर दराज खोली सुन, चाँदीका गहना र नगद चोरी गरेका थिए । चोरीपछि भाग्दै गरेको अवस्थामा स्थान...
तीनजना चढेको मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु, दुईजना घाइते

तीनजना चढेको मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु, दुईजना घाइते

इलाम । माई नगरपालिका–२ दानाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा माई नगरपालिका–१० गधेनी भञ्ज्याङका २५ वर्षीय दिनेश सार्की छन् । दुर्घटनामा मोटरसाइकल चालक माई–१० गधेनी भञ्ज्याङका ३२ वर्षीय विनोद लिम्बू र सोही स्थानका १६ वर्षीय रोशन लिम्बू घाइते भएका छन् । उनीहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामल...
पहिरोले इलामको सूर्योदयका चार परिवार विस्थापित

पहिरोले इलामको सूर्योदयका चार परिवार विस्थापित

इलाम । इलामको सूर्योदय नगरपालिका–५ मा पर्ने समालबुङ गाउँमा पहिरोका कारण चार पपरवार विस्थापित बनेका छन् । घर क्षतिग्रस्त भएपछि उनीहरु गोठमा बसिरहेका छन् । पहिरोले घरमा क्षति पुर्याउँदा स्थानीय लालबहादुर देवान, साखबहादुर देवान, कुसुम देवान र वेदप्रसाद देवानको परिवार विस्थापित बनेको हो । पहिरोले उनीहरुको करिब ४५ रोपनी जग्गा पुरेको छ । उनीहरुले लगाएको अलैंची, चिया, अम्रिसोलगायत खेती पनि पहिरोका का...
हाम्रो विकास-समृद्धिको बाधक को हो ?

हाम्रो विकास-समृद्धिको बाधक को हो ?

इलाम । प्रतिनिधिसभाका युवा सांसद सुहाङ नेम्बाङ संसदको बैठक नभएको मौकामा आफ्नो क्षेत्र इलाम–२ को भ्रमणमा छन् । आफ्नो क्षेत्रमा भएका विकास निर्माणका काम अवलोकन गर्नुका साथै स्थानीय बासिन्दासँग छलफलमा पनि उनी सक्रिय भएका छन् । यसै क्रममा उनले आफ्नो क्षेत्र घुम्दा गरेको अनुभव पनि सार्वजनिक गरिरहेका छन् । विकास, निर्माणको काम सोचेजस्तो हुन नसकेको ठानेका उनले आज सामाजिक सञ्जालमार्फत्...
error: Content is protected !!