यातायात सुचारु गर्न दिन पहिचान पक्षधरसँग व्यवसायीको आग्रह 

यातायात सुचारु गर्न दिन पहिचान पक्षधरसँग व्यवसायीको आग्रह 

विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर पहिचान पक्षधरले गरेको अनिश्चितकालीन यातायात बन्दको यातायात व्यवसायीले विरोध गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ इलामले आज एक विज्ञप्ति जारी गर्दै तीन दिनदेखि यातायात ठप्प हुँदा व्यवसायीहरू समस्यामा परेका जनाएको छ । बैङ्कबाट २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिएर खरिद गरेको गाडीको किस्ता बन्दका क...
इलामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

इलामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

इलाम । इलाममा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । रोङ गाउँपालिका-४ बाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् । बिहीबार प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १-०१-०१७ प ५०७५ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुर्याेदय नगरपालिका-८ का ३१ वर्षीय मुस्कान तामाङ र सुर्याेदय नगरपालिका-६ का २७ बर्षीय पुजन तामाङ पक्राउ प...
पानी जोहो गर्दैमा बित्छ फाकफोकथुमवासीको समय 

पानी जोहो गर्दैमा बित्छ फाकफोकथुमवासीको समय 

इलाम । इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीमा खानेपानीको हाहाकार छ । हिउँद लागेसँगै खानेपानी जोहो गर्न स्थानीयलाई धौ-धौ हुन्छ । पानी जोहो गर्दैमा उनीहरूको बिहान बित्छ । सल्लेरी गाउँमा ९० घरपरिवारको बसोबास छ । उनीहरू झिसमिसेकै डोकोमा गाग्री र बोतलहरू बोकेर पानी जोहो गर्न तर्फ लाग्छन् । सोही स्थानका पृथ्वी प्रसाद भण्डारीका अनुसार पानीको अभावले गाउँमा समस्या भएको छ । सरकारले ठूला आयोजना ल्याइदेला...
इलामको डेरी उद्योगमा आगलागी

इलामको डेरी उद्योगमा आगलागी

इलाम । इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी भएको छ । सन्दकपुर-३ तालगाउँका ४४ वर्षीय सागर खतिवडाले आफ्नै घरमा सञ्चालन गर्दै आएको डेरी उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ३० लाख बराबरको क्षति भएको छ । दुध तताउने क्रममा अचानक आगलागी हुँदा घरसहित अन्नपात, लत्ताकपडा र डेरी पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नि...
शाकाहारी भोजन मात्रै खाने लिम्बू गाउँ, जहाँ मासु र मदिरा चल्दैन 

शाकाहारी भोजन मात्रै खाने लिम्बू गाउँ, जहाँ मासु र मदिरा चल्दैन 

इलाम । इलामको माङ्सेबुङ गाउँ, जहाँ लिम्बू समुदायको बाहुल्यता छ । किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवताले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ । यही गाउँमा मासु र मदिरा चल्दैन । शाकाहारी भोजन मात्रै चल्ने यो गाउँमा चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने यो गाउँका मानिसहरूले बाहिर जाँदा समेत निषेधित वस्तु सेव...
इलाममा रूखको हाँगाले किच्दा एक जनाको मृत्यु

इलाममा रूखको हाँगाले किच्दा एक जनाको मृत्यु

इलाम । इलाममा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । हिजो बिहान ११ः५० बजेको समयमा रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा देउमाई नगरपालिका-९ जितपुरका ४९ वर्षीय तुलसी जवेगूको मृत्यु भएको हो । रुखको हाँगाले लागेर घाइते भएको उनलाई उपचारका लागि झापा स्थित बी एण्ड सी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए । ‘र...
हात्तीले आक्रमण गर्दा इलाममा एक जनाको मृत्यु

हात्तीले आक्रमण गर्दा इलाममा एक जनाको मृत्यु

विराटनगर । इलाममा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जङ्गली हात्ती खेदाउन जाँदा चुलाचुली गाउँपालिका-२ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हिजो साँझ राईलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते उनको उपचारका क्रममा दमक स्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
इलाममा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, झुण्डिएको अवस्थामा भेटिए पति

इलाममा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, झुण्डिएको अवस्थामा भेटिए पति

इलाम । इलाममा धारिलो हतियार प्रहार गरेर पत्नीको हत्या पछि पतिले पनि झुन्डिएर आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका-१ भित्तेमा ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् ।  ‘पत्निको घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईले संगालोखबरसँग भने, ‘पतिको पनि झुण्डिएको अवस्थामा शव फेला परेको छ ।’ ...
इलाममा भेटियो एकापट्टी मात्र छापिएको पाँच सयको नोट 

इलाममा भेटियो एकापट्टी मात्र छापिएको पाँच सयको नोट 

इलाम । गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको पाँच सयको नोटमा एकापट्टी खाली भेटिएको छ । इलामका सुमन श्रेष्ठले ङ ९३४८७४१८ नम्बरको पाँच सयको नोट केहिदिन अघि फेला पारेका हुन् । २०७३ साल निष्कासित मिति उल्लेख गरिएको उक्त नोटको एकतर्फ भने खाली छ । उनले आफूले एकै दिन विभिन्न बैङ्कको एटिएमबाट पैसा निकालेको र एक घरमा पैसा साट्ने क्रममा आफूले खाली नोट भेट्टाएको बताएका छन् । ‘खाली नोट कहाँबाट आयो भन्न...
इलाम-काठमाडौं उडान पुनः सुरु  

इलाम-काठमाडौं उडान पुनः सुरु  

इलाम । इलाम नगरपालिका-९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान सुरु भएको छ । गत जेठबाट रोकिएको उडान यात्रु पाएसँगै आज बिहानबाट सुरु भएको हो । नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इन्चार्ज दिनेश सुन्दासका अनुसार तत्कालका लागि हप्तामा एक दिन इलाम काठमाडौं उडान हुनेछ । नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान भर्नेछ । आइतबार र बिहीबार उडान हुँदै आएकोमा अब केही समय भने बिहीबार मात्र उडा...
झापा, इलाम र भोजपुरबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

झापा, इलाम र भोजपुरबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । बिहीबार लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाबाट चार जनालाई पक्राउ गरेको छ भने भोजपुर र इलामबाट पनि एक/एक जना पक्राउ परेका छन् । मेचीनगर-६ बाट भारत वेष्टबंगालका २२ वर्षीय मनोज शर्मालाई १ ग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ बेलबारी नगरपालिका-४...
झापा र इलामसहित विभिन्न जिल्लामा ६ जना मृत फेला

झापा र इलामसहित विभिन्न जिल्लामा ६ जना मृत फेला

विराटनगर । कोशी प्रदेशको इलाम र झापासहित देशका विभिन्न जिल्लामा ६ जना मृत फेला परेका छन् । इलामको इलाम नगरपालिका–५ कटुसे पुलमुनि माई खोलाको छेउमा एक पुरुष मृत फेला परेका हुन् । माइजोगमाई गाउँपालिका–५ सोयाङ बस्ने ५७ वर्षीय रामकुमार श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । झापा शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई माईखोलामा सोही ठाउँ बस्ने ६८ वर्षीया देवीमाया सिगु लिम्बू मृत अ...
झापामा बसको ठक्करले इलामकी महिलाको मृत्यु

झापामा बसको ठक्करले इलामकी महिलाको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्र १–०२–००२ ख ००३५ नम्बरको बसले गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी घाइते भएपछि विर्तामोडमा रहेको बिएन्डसी अस्पतालमा उप...
उदाहरणीय बने अपाङ्गता भएका दाजुभाइ

उदाहरणीय बने अपाङ्गता भएका दाजुभाइ

इलाम । इलामका भुवन खतिवडा र तेजकुमारी खतिवडाका दुई सन्तान छन् । उनीहरू दुवैमा अपाङ्गता छ । जेठो सन्तान भुपाल र कान्छो आलोक दुवैजनाको कम्मर चल्दैन । २३ वर्षीय आलोकको कम्मर नचल्दा एक ठाउँबाट अर्को ठाउँसम्म सर्न सक्दैनन् । अरुको सहयोग चाहिन्छ । तर उनको मेहनत उदाहरणीय छ । हालसालै लोकसेवा आयोगले लिएको खरिदार पदको परीक्षामा उनी उत्तीर्ण भए । अहिले जिल्ला हुलाक कार्यालयमा कार्यरत छन् । आलोकका दाजु २६ ...
नक्कली नोटसहित इलाम र झापाका तीनजना काठमाडौँमा पक्राउ

नक्कली नोटसहित इलाम र झापाका तीनजना काठमाडौँमा पक्राउ

विराटनगर ।  प्रहरीले काठमाडौँको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा र इलामका युवक छन् । प्रहरीका अनुसार झापाको झापा गाउँपालिका–५ घर भई काठमाडौँ–९ बस्ने ३० वर्षीय एराजुल हक, इलामको फाकफोकथुम–३ घर भई काठमाडौँ–९ बस्ने  ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सूर्याेदय नगरपालिका–३ घर भई काठमाडौँ–९ बस्ने ४७ वर्षीय बोधचन्द्र नामचुङ छन् । उनीहरूल...
श्रेष्ठ परिवारमा बज्रपातः बुबा मलेसियामा बिते, छोरी दक्षिण कोरियामा

श्रेष्ठ परिवारमा बज्रपातः बुबा मलेसियामा बिते, छोरी दक्षिण कोरियामा

इलाम । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ । अध्ययनको सिलसिलामा ६ महिनाअघि विद्यार्थी भिसामा गएकी श्रेष्ठको दुई दिनअघि निधन भएको हो । उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनका फुपाजु होम श्रेष्ठले सोनुको हृदयघातका कारण निधन भएको जानकारी कोरियाबाट आएको बताए । इलाम–कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालमार्फत खबर आएको उ...
इलामको सूर्योदयमा कोठा खोज्ने बहानामा सुनचाँदीका गहना चोरी

इलामको सूर्योदयमा कोठा खोज्ने बहानामा सुनचाँदीका गहना चोरी

इलाम । कोठा भाडामा खोज्ने बहानामा सुन चाँदीका गहना चोरी गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलामको सूर्याेदय नगरपालिका–१० का हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका व्यक्तिले गहना चोरी गरेका हुन् । प्रहरीका अनुसार दार्जिलिङका ३० वर्षीय देवव्रत रायले घरको कोठा हेर्ने भन्दै भित्र गएर दराज खोली सुन, चाँदीका गहना र नगद चोरी गरेका थिए । चोरीपछि भाग्दै गरेको अवस्थामा स्थान...
तीनजना चढेको मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु, दुईजना घाइते

तीनजना चढेको मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु, दुईजना घाइते

इलाम । माई नगरपालिका–२ दानाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा माई नगरपालिका–१० गधेनी भञ्ज्याङका २५ वर्षीय दिनेश सार्की छन् । दुर्घटनामा मोटरसाइकल चालक माई–१० गधेनी भञ्ज्याङका ३२ वर्षीय विनोद लिम्बू र सोही स्थानका १६ वर्षीय रोशन लिम्बू घाइते भएका छन् । उनीहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामल...
पहिरोले इलामको सूर्योदयका चार परिवार विस्थापित

पहिरोले इलामको सूर्योदयका चार परिवार विस्थापित

इलाम । इलामको सूर्योदय नगरपालिका–५ मा पर्ने समालबुङ गाउँमा पहिरोका कारण चार पपरवार विस्थापित बनेका छन् । घर क्षतिग्रस्त भएपछि उनीहरु गोठमा बसिरहेका छन् । पहिरोले घरमा क्षति पुर्याउँदा स्थानीय लालबहादुर देवान, साखबहादुर देवान, कुसुम देवान र वेदप्रसाद देवानको परिवार विस्थापित बनेको हो । पहिरोले उनीहरुको करिब ४५ रोपनी जग्गा पुरेको छ । उनीहरुले लगाएको अलैंची, चिया, अम्रिसोलगायत खेती पनि पहिरोका का...
हाम्रो विकास-समृद्धिको बाधक को हो ?

हाम्रो विकास-समृद्धिको बाधक को हो ?

इलाम । प्रतिनिधिसभाका युवा सांसद सुहाङ नेम्बाङ संसदको बैठक नभएको मौकामा आफ्नो क्षेत्र इलाम–२ को भ्रमणमा छन् । आफ्नो क्षेत्रमा भएका विकास निर्माणका काम अवलोकन गर्नुका साथै स्थानीय बासिन्दासँग छलफलमा पनि उनी सक्रिय भएका छन् । यसै क्रममा उनले आफ्नो क्षेत्र घुम्दा गरेको अनुभव पनि सार्वजनिक गरिरहेका छन् । विकास, निर्माणको काम सोचेजस्तो हुन नसकेको ठानेका उनले आज सामाजिक सञ्जालमार्फत्...
मोरङको पथरीमा टिपरले ठक्कर दिंदा इलामका युवकको मृत्यु

मोरङको पथरीमा टिपरले ठक्कर दिंदा इलामका युवकको मृत्यु

विराटनगर । मोरङको पथरी शनिश्चरेमा टिपरको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पथरी शनिश्चरे–१० मा प्र.१–०२–००१ क ५०६३ नम्बरको टिपरले ठक्कर दिंदा इलामको चुलाचुली गाउँपालिका–५ का ३३ वर्षीय सुभाष राईको मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त टिपरले हिजो साँझ राईले चलाएको प्र.१–०२–०४० प ७८७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । टाउकोसहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको विराटनगरस्थित नोवेल...
भारतको मेघालयमा मारिनेमध्ये एकजना इलामका

भारतको मेघालयमा मारिनेमध्ये एकजना इलामका

इलाम । भारतको मेघालय राज्यस्थित कोइलाखानीमा हत्या गरिएका चार कामदारमध्ये एक नेपाली भएको पुष्टि भएको छ । मारिनेमा इलामका रवि राई रहेको पुष्टि भएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माका अनुसार हत्या भएका नेपाली इलाम–२ का २३ वर्षीय रवि राई हुन् । राजदूत शर्माले घटनाबारे सुन्नेबित्तिकै मेघालय प्रहरीका प्रमुख एलआर विश्नोईलाई आफूले टेलिफोन गर्दै घटनाको विस्तृत जानकारी मागेको बताएका छन् । यसैबी...
इलामको सिंहवाहिनी मन्दिरबाट दानपेटिका चोरी

इलामको सिंहवाहिनी मन्दिरबाट दानपेटिका चोरी

इलाम । इलाम सदरमुकामस्थित प्रसिद्ध सिंहवाहिनी मन्दिरभित्र राखिएको दानपेटिका गएराति चोरी भएको छ । मन्दिरको मूल ढोकाको ताला फुटाउँदै भित्र पसेर दानपेटिका चोरेको पाइएको हो । मन्दिरभित्रबाट दानपेटिका चोरी गरेपछि केही पर पुर्याएर त्यसभित्र रहेका रकमसहितका सामग्री चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजीव नेउपानेले जानकारी दिए । मन्दिर भित्रबाट निकालिएको दानपेटिका करिब सय मिटर पर जंगलमा लगेर...
एसईईः खोटाङ, इलाम र भोजपुरका ६ परीक्षार्थीको परीक्षा रद्द

एसईईः खोटाङ, इलाम र भोजपुरका ६ परीक्षार्थीको परीक्षा रद्द

विराटनगर । यो वर्षको एईईमा कोशी प्रदेशका सहित विभिन्न १३ जिल्लाका २२० जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार इलामका २, खोटाङका ३ र भोजपुरका एकजना विद्यार्थीको परीक्षा रद्द गरिएको हो । यसैगरी, दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ । रौतहटका १, महोत्तरीका ...
इलाम–झापा सीमा क्षेत्रमा हात्ती मृत भेटियो

इलाम–झापा सीमा क्षेत्रमा हात्ती मृत भेटियो

इलाम । इलामको रोङ गाउँपालिका र झापा बाहुनडाँगीको सीमा क्षेत्रमा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । हात्ती मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । स्थानीय गणेश अर्यालका अनुसार इलामको रोङ गाउँपालिका वडा नम्बर ५ र ६ को सीमासँग जोडिएको झापाको बाहुनडाँगीतिर हात्ती मृत अवस्थामा फेला परेको हो । के कारणले हात्ती मरेको हो भन्ने खुलेको छैन । हात्तीको शरीरमा चो...
प्रविधियुक्त बनेसँगै इलामका सरकारी विद्यालयमा विद्यार्थीको चाप

प्रविधियुक्त बनेसँगै इलामका सरकारी विद्यालयमा विद्यार्थीको चाप

इलाम । इलाम नगरपालिका–५ बिब्ल्याँटेकी चेसुुङ जवेगु सदरमुकामका नाम चलेका बोर्डिङ स्कुल छाडेर गाउँकै सरकारी स्कुलमा जान थालिन् । कक्षा ७ सम्म बिब्ल्याँटेको माउन्टमेरी स्कुलमा अध्ययन गरेकी जवेगुुलाई थप अध्ययनका लाागि थुुप्रै विद्यालयहरु विकल्पमा थिए । अहिले कक्षा ९ मा अध्ययनरत उनी गाउँको अमर कल्याण मावि रोज्नुको मुख्य कारण मान्छिन्, त्यहाँको प्रविधिमैत्री अध्ययन अध्यापन गर्ने शैली । कम्युुटर इन्जि...
यातना दिएर कुकुर मारेको आरोपमा इलामका तीनजना पक्राउ

यातना दिएर कुकुर मारेको आरोपमा इलामका तीनजना पक्राउ

इलाम । निरन्तर यातना दिइ कुकुरलाई मारेको आरोपमा प्रहरीले तीनजनालार्य पक्राउ गरेको छ । देउमाई नगरपालिकाको जितपुरका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलामको टोलीले पक्राउ गरेको हो । पशु कल्याण संघ काठमाडौंले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको नाम अहिले सार्वजनिक गरिएको छैन । कुकुरको बच्चालाई लाठीले हिर्काएर पटक पटक यातना दिइ मारेको आरोप उनीहरुमाथि ल...
चट्याङ लागेर इलाममा एकजनाको मृत्यु

चट्याङ लागेर इलाममा एकजनाको मृत्यु

इलाम । वर्षासँगै परेको चट्याङले लागेर इलाम नगरपालिका–९ मा सोमबार बिहान एकजनाको मृत्यु भएको छ । चट्याङ लागेर इलाम नगरपालिका–९ भञ्ज्याङका ३६ वर्षीय सुनिल गोलेलेको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको भान्सामा काम गरिरहेका बेला गोलेलाई बिहान करिब ६ बजेतिर चट्याङले लागेको थियो । चट्याङ लागेर बेहोस भएका गोलेलाई उपचारका लागि जिल्ला अस्पताल इलाम ल्याइएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको ज...
इलाममा रूखको हाँगाले लागेर वृद्धको मृत्यु

इलाममा रूखको हाँगाले लागेर वृद्धको मृत्यु

इलाम । रूखको हाँगाले लागेर इलाममा एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम इलाम नगरपालिका–११ निन्दाखुमा रुखको हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्रप्रसाद श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार निजी वनमा गोलियाका लागि शुक्रबार साँझ रूख काट्दै गर्दा अचानक खसेको हाँगाले लागेर उनी गम्भीर घाइते भएका थिए । प्रहरी चौकी गोलाखर्कबाट खटिएको टोलीले घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको थ...
बालिका बलात्कारका अभियुक्तलाई १२ वर्ष कैदको फैसला

बालिका बलात्कारका अभियुक्तलाई १२ वर्ष कैदको फैसला

इलाम । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका एक युवकलाई दोषी ठहराउँदै अदालतले १२ वर्षको कैद फैसला सुनाएको छ । इलाम जिल्ला अदालतले सूर्याेदय नगरपालिका–४ का २७ वर्षीय मिलन घिमिरेलाई कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उनलाई पाँच लाख रुपैयाँ जरिवाना गराउन समेत आदेश दिएको छ । गत भदौ १२ मा इलाम सदरमुकामस्थित एक होटलमा उनले बालिकालाई बलात्कार गरेको पुष्टि भएको...
गुडिरहेको गाडी घरभित्र पसेपछि…

गुडिरहेको गाडी घरभित्र पसेपछि…

इलाम । मेची राजमार्गको इलाम नगरपालिका–७ मा पर्ने कुलधारा भन्ने स्थानमा गुडिरहेको स्कारपियो गाडी घरमा पसेको छ । झापातर्फ गइरहेको गाडी मंगलबार अपराह्न घरमा पस्दा एकजना बालक घाइते भएका छन् । प्रदेश १–०२६ च ०७१७ नम्बरको स्कारपियो गाडी अनियन्त्रत भइ स्थानीय बानियाँ ट्रेडर्स रहेको घरमा पसेको प्रहरीले जनाएको छ । गाडीको ठक्करले सडक किनारमा पार्किङ गरी राखिएका केही मोटरसाइकलमा क्षति पुगेको छ । यसैगरी, ...
error: Content is protected !!