संगालोखबर

विराटनगर । यो वर्षको एईईमा कोशी प्रदेशका सहित विभिन्न १३ जिल्लाका २२० जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार इलामका २, खोटाङका ३ र भोजपुरका एकजना विद्यार्थीको परीक्षा रद्द गरिएको हो ।

Advertisement

यसैगरी, दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ । रौतहटका १, महोत्तरीका ३९, धनुषाका ४, सर्लाहीका ६ र सप्तरीका १५४ जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको हो ।

विषयगत आधारमा अङ्ग्रेजीको १, गणितको ६७, नेपालीको ४, विज्ञानको १४, सामाजिकको ५, ऐच्छिक गणितको ७१, अर्थशास्त्रको १३, जनसङ्ख्याको ७, वातावरण विज्ञानको २, स्वास्थ्य शारीरिकको ३, प्राविधिक विषयको ७ र सबै विषयको २६ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!