संगालोखबर
रतुवा खोला । फाइल तस्वीर ।

इलाम । इलामको चुलाचुलीस्थित रतुवा खोलामा बोलेरो गाडी बग्दा त्यसमा यात्रारत् दुईजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–५ मा भएको दुर्घटनामा दुईजनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

दक्षिणी इलामको लारूम्बाबाट झापाको दमक जाँदै गरेको बोलेरो गाडीलाई रतुवा खोलाले बगाएको हो । गाडीमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । एकजना महिला र एकजना बच्चाको शव फेला परेको हो ।

Advertisement

गाडीमा कति जना सवार थिए भन्ने खुलेको छैन । स्थानीय प्रहरी चौकीबाट टोली घटनास्थल गएर घटनाबारे बुझ्ने काम भइरहेको साथै उद्धारमा खटिएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!