संगालोखबर


इलाम । इलामको माई नगरपालिका–६ मा करेन्ट लागेर गएराति एकजनाको मृत्यु भएको छ । काबेली कोरिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लाग्दा एकजना कामदारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार करेन्ट लागेर माई नगरपालिका–६ का ३१ वर्षीय शक्तिकुमार राई गम्भीर घाइते भएका थिए । उपचारका लागि स्थानीय अस्पतालमा लगिएका उनको उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगुले जानकारी दिए ।

Advertisement

राई काबेली कोरिडोरको आयोजनामा ज्यालादारी कामदारका रुपमा थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!