संगालोखबर


इलाम । सीमावर्ती क्षेत्रबाट भन्सार छलेर भारततर्फ लैजान खोजिएको लाखौंका सामान सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । इलामको सूर्याेदय नगरपालिका–२ मा बोलेरो पिकअप गाडीसहित सामान नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरीको गस्ती टोलीले बरामद गरेको उक्त सामान करिब १८ लाख रुपैयाँ बराबरको भएको जनाइएको छ । प्रदेश १–०३–००१ ज ००१९ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । गस्ती टोलीलाई देखेपछि चालक भने फरार भएको जनाइएको छ ।

Advertisement

उक्त गाडीमा ज्याकेट, जुत्ता, चप्पल, बक्खु कपडा लगायत केही खाद्यान्न समेत रहेको प्रहरीले जानकारी दिएको छ । सीमावर्ती क्षेत्रबाट अवैध रुपमा सामान आयात–निर्यात गर्ने क्रम बढेपछि प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!