संगालोखबर

इलाम । मेची राजमार्गको इलाम नगरपालिका–७ मा पर्ने कुलधारा भन्ने स्थानमा गुडिरहेको स्कारपियो गाडी घरमा पसेको छ । झापातर्फ गइरहेको गाडी मंगलबार अपराह्न घरमा पस्दा एकजना बालक घाइते भएका छन् ।

Advertisement

प्रदेश १–०२६ च ०७१७ नम्बरको स्कारपियो गाडी अनियन्त्रत भइ स्थानीय बानियाँ ट्रेडर्स रहेको घरमा पसेको प्रहरीले जनाएको छ । गाडीको ठक्करले सडक किनारमा पार्किङ गरी राखिएका केही मोटरसाइकलमा क्षति पुगेको छ ।

यसैगरी, गाडी गएर बज्रिँदा घरमा पनि क्षति पुगेको छ । घर र त्यहाँ रहेको पसलका सामानहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । गाडीलाई तानेर सडकमा पुर्याइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!