संगालोखबर

इलाम । माई नगरपालिका–२ दानाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा माई नगरपालिका–१० गधेनी भञ्ज्याङका २५ वर्षीय दिनेश सार्की छन् ।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक माई–१० गधेनी भञ्ज्याङका ३२ वर्षीय विनोद लिम्बू र सोही स्थानका १६ वर्षीय रोशन लिम्बू घाइते भएका छन् । उनीहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबारे बजारबाट सितलीतर्फ जाँदै गर्दा उनीहरु सवार ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई हिजो साँझ गरुवा खोलाको पुलमा ठोक्किएको थियो ।

दुर्घटनालगत्तै स्थानीय जनप्रतिनिधि समेतको सहयोगमा घाइतेहरूलाई अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले जाँच गरी सार्कीको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!