संगालोखबर


इलाम । इलामको सूर्योदय नगरपालिका–५ मा पर्ने समालबुङ गाउँमा पहिरोका कारण चार पपरवार विस्थापित बनेका छन् । घर क्षतिग्रस्त भएपछि उनीहरु गोठमा बसिरहेका छन् ।

पहिरोले घरमा क्षति पुर्याउँदा स्थानीय लालबहादुर देवान, साखबहादुर देवान, कुसुम देवान र वेदप्रसाद देवानको परिवार विस्थापित बनेको हो । पहिरोले उनीहरुको करिब ४५ रोपनी जग्गा पुरेको छ ।

Advertisement

उनीहरुले लगाएको अलैंची, चिया, अम्रिसोलगायत खेती पनि पहिरोका कारण नष्ट भएको छ । विस्थापित परिवारलाई स्थानीय बासिन्दाले सहयोग गरिरहेका छन् ।

यसैगरी, रेडक्रसले पनि केही राहत सामग्री सहयोग गरेको पीडितहरुले बताएका छन् । स्थानीय रमेश प्रधानका अनुसार सरकारी स्तरबाट भने खासै सहयोग भएको छैन । स्थानीय जनप्रतिनिधि मार्फत् सहयोगको आग्रह गरिएको उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!