सांकेतिक तस्वीर

इलाम । रूखको हाँगाले लागेर इलाममा एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम इलाम नगरपालिका–११ निन्दाखुमा रुखको हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्रप्रसाद श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीका अनुसार निजी वनमा गोलियाका लागि शुक्रबार साँझ रूख काट्दै गर्दा अचानक खसेको हाँगाले लागेर उनी गम्भीर घाइते भएका थिए ।

Advertisement

प्रहरी चौकी गोलाखर्कबाट खटिएको टोलीले घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको थियो । अस्पताल ल्याइसकेपछि चिकित्सकले जाँच गरेर उनको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!