संगालोखबर

 

Advertisement

इलाम । इलामको चुलाचुलीमा भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । दमक–चिसापानी–रवि सडक खण्डअन्तर्गत चुलाचुलीमा रतुवा खोलाले बोलेरो गाडी बगाँउदा एकजना महिला र एक बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुका अनुसार दुर्घटनामा इलामको माङसेवुङ–५ की शर्मिला फागो र माङसेवुङ–३ की निरु लिम्बूका तीन वर्षीय छोरा नियन नेम्वाङको मृत्यु भएको हो ।

बालककी आमा निरु घाइते भएकी छन् । उनको झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । गाडीमा ६ जना सवार थिए । तीमध्ये ३ जना खोलाबाट पौडेर बाहिर निस्कन सफल भएका थिए । गाडीका चालक भने सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ ।

इलामको लारुम्बाबाट दमक गइरहेको लु १ ज ९४९१ नम्बरको बोलेरो गाडीलाई सोमबार साँझ चुलाचुलीको चेप्टी क्षेत्रमा रतुवा खोलाले बगाएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!