संगालोखबर

इलाम । इलाम सदरमुकामस्थित प्रसिद्ध सिंहवाहिनी मन्दिरभित्र राखिएको दानपेटिका गएराति चोरी भएको छ । मन्दिरको मूल ढोकाको ताला फुटाउँदै भित्र पसेर दानपेटिका चोरेको पाइएको हो ।

Advertisement

मन्दिरभित्रबाट दानपेटिका चोरी गरेपछि केही पर पुर्याएर त्यसभित्र रहेका रकमसहितका सामग्री चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजीव नेउपानेले जानकारी दिए ।

मन्दिर भित्रबाट निकालिएको दानपेटिका करिब सय मिटर पर जंगलमा लगेर फोरिएको अवस्थमा भेटिएको छ । चोरीमा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन । प्रहरीका अनुसार घटनास्थलको अध्ययन गरी चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्ने काम सुरु गरिएको छ ।

निकै लोकप्रिय गन्तव्य पुराने उक्त सिंहवाहिनी मन्दिरमा पूजाअर्चना गर्न उल्लेख्य संख्यामा श्रद्धालु भक्तजन पुग्ने गरेका छन् । उनीहरुले पूजाका बेला चढाएका नगद र धातुजन्य सामग्री उक्त दानपेटिकामा राख्ने गरिएको थियो ।

दानपेटिकाबाट नगदसहित के कति सामग्री चोरी भयो भन्ने यकिन भइसकेको छैन । यसबारे पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट दानपेटिका र ढोका तोडफोड गर्न प्रयोग भएका फलामे रडलगायत सामग्री प्रहरीले बरामद गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!