संगालोखबर


इलाम । वर्षासँगै परेको चट्याङले लागेर इलाम नगरपालिका–९ मा सोमबार बिहान एकजनाको मृत्यु भएको छ । चट्याङ लागेर इलाम नगरपालिका–९ भञ्ज्याङका ३६ वर्षीय सुनिल गोलेलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको भान्सामा काम गरिरहेका बेला गोलेलाई बिहान करिब ६ बजेतिर चट्याङले लागेको थियो । चट्याङ लागेर बेहोस भएका गोलेलाई उपचारका लागि जिल्ला अस्पताल इलाम ल्याइएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!