संगालोखबर


इलाम । इलाम नगरपालिका-९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान सुरु भएको छ । गत जेठबाट रोकिएको उडान यात्रु पाएसँगै आज बिहानबाट सुरु भएको हो ।

नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इन्चार्ज दिनेश सुन्दासका अनुसार तत्कालका लागि हप्तामा एक दिन इलाम काठमाडौं उडान हुनेछ ।

Advertisement

नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान भर्नेछ । आइतबार र बिहीबार उडान हुँदै आएकोमा अब केही समय भने बिहीबार मात्र उडान हुनेछ ।

नेपाल एयरलाइन्सका दुईवटा साना विमानमध्ये एउटा मर्मतको क्रममा रहेको जनाइएको छ । मर्मतपछि भने दुई वटा विमानले नियमित उडान भर्नेछन् । उडान सुरु भएसँगै चाडपर्वको समयमा यात्रुलाई सहज भएको छ  ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!