इलाम । इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी भएको छ । सन्दकपुर-३ तालगाउँका ४४ वर्षीय सागर खतिवडाले आफ्नै घरमा सञ्चालन गर्दै आएको डेरी उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ३० लाख बराबरको क्षति भएको छ ।
दुध तताउने क्रममा अचानक आगलागी हुँदा घरसहित अन्नपात, लत्ताकपडा र डेरी पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।